गायिका एलिना चौहानको बैबाहिक सम्बन्ध खटपट आएको छ। परिणाम स्वरुप सम्बन्धविच्छेद नै हुने अवस्था आएको हो ।
गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गराएकी छिन्।
चौहानले वारेसमार्फत मुद्दा दायर गराएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको, जिल्ला अदालत काठमाडौंले जनाएको छ।
झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए, यधपी उनीहरुको सम्बन्ध १ बर्ष पनि नटिक्ने देखिएको हो ।
उनीहरुबीचको सम्बधको बारेमा सांगीतिक वृत्तमा केहि अगाडीदेखि नै खटपटको हल्ला चल्दै आएको थियो।
एलिनाका पति अस्ट्रेलियामा बस्दै आएका छन् ।
विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना नेपाल फर्किएकी पछि सांगीतिक क्षेत्रमा व्यस्त रहेकी थिइन। उनले नेपाली सांगीतिक क्षेत्रमा निकै हिट गीतहरुमा स्वर दिएकि छिन।