सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न : शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

पढ्नै पर्ने

सारथी इक्विटी फण्ड लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौँको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे (थापा) को नियुक्तिलाई अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन र आगामी व्यावसायिक रणनीतिबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा शेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ कम्पनीका प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिनुभएको थियो भने सभाको सञ्चालन कम्पनी सचिव अस्मिता गौतमले गर्नुभएको थियो।

लगानी विविधीकरण र उच्च प्रतिफलमा जोड

सारथी इक्विटी फण्डले आगामी दिनमा लगानीका नयाँ अवसरहरू पहिचान गरी सम्भावनायुक्त परियोजनाहरूमा पुँजी परिचालन गर्ने लक्ष्य लिएको छ। प्रभावकारी जोखिम व्यवस्थापन, पोर्टफोलियो विविधीकरण र दीर्घकालीन मूल्य अभिवृद्धिलाई प्राथमिकता दिँदै शेयरधनीलाई उच्च प्रतिफल दिलाउनेतर्फ कम्पनी केन्द्रित रहेको जनाइएको छ।

यसैगरी, कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (PEVC) सम्बन्धी इजाजतपत्र लिई लगानीको दायरा विस्तार गर्ने योजना अघि सारेको छ। नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम र दिगो विकासका सम्भावना भएका क्षेत्रहरूमा लगानी गरी मुलुकको लगानी बजारमा नयाँ अवसर सिर्जना गर्ने कम्पनीको रणनीति छ।

ई. राजीव पौडेल र डा. हिमाल भट्टराईसमेत सञ्चालक समितिमा रहनुभएको यस कम्पनीले सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्नुलाई आफ्नो मुख्य कार्यदिशा बनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?