प्रतिनिधिसभा निर्वाचन: ५ जना उम्मेदवारविरुद्ध उजुरी दर्ता

पढ्नै पर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३,४८७ उम्मेदवारमध्ये ५ जना विरुद्ध दावी विरोध (उजुरी) परेको छ ।
निर्वाचन आयोगका अनुसार माघ ७ गते तोकिएको समयभित्र देशभरबाट ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको हो । जसमा भक्तपुर क्षेत्र नं. २ मा दुई जना तथा सुनसरी-२, रौतहट-१ र कैलाली-१ मा एक-एक जना उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत प्राप्त ती उजुरीहरूमाथि अब आवश्यक छानबिन हुने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?