आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका बालेन शाहले बिहीबार ताप्लेजुङको पाथिभरा मन्दिर पुगेर पूजा गरेका छन्। श्रीपञ्चमीको अवसरमा आशीर्वाद लिन पुगेका उनले आफ्नो चुनावी सफलता र देशको समृद्धिको कामना गरे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका शाहले पूर्वी पहाडी जिल्लाहरूको भ्रमणमार्फत मतदातासँग भावनात्मक सम्बन्ध जोड्न खोजेका छन्। पाथिभराको दर्शनपछि उनी आजै झापा फर्किएर घरदैलो र चुनावी अभियानमा थप सक्रिय हुने तयारीमा छन्।
बालेन शाहद्वारा पाथिभरामा पूजाअर्चना
काठमाडौँ - 🕗२०८२ माघ ०९ गते शुक्रबार, काठमाडौं।





