भोलि प्रतिनिधिसभा निर्वाचन: उत्साहपूर्वक मतदान गर्न निर्वाचन आयोगको अपिल

पढ्नै पर्ने

निर्वाचन आयोगले भोलि फागुन २१ गते देशभर हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरूलाई अपिल गरेको छ।

आयोगद्वारा जारी विज्ञप्ति अनुसार भोलि बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदानको समय तोकिएको छ। निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका र अन्य सामग्रीहरू देशभरका सबै मतदान केन्द्रहरूमा पुर्‍याइसकिएको र कर्मचारी परिचालन लगायतका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू सम्पन्न भइसकेको आयोगले जनाएको छ।

मतदाताले शान्तिपूर्ण र सुरक्षित वातावरणमा आफूलाई मन परेको उम्मेदवार वा राजनीतिक दललाई मत दिन सक्ने गरी सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको आयोगको भनाइ छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?