६ महिनापछि बसेको काठमाडौं महानगरको बैठक एक मिनेटमै सकियो, नगरसभाको मिति मात्र तय

पढ्नै पर्ने

लामो समयदेखि अवरुद्ध काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनाको अन्तरालपछि बसे पनि एक मिनेटभन्दा बढी चल्न सकेन। बैठकले आगामी नगरसभाको मिति तोक्ने एउटा मात्रै प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

बिहीबार काठमाडौं प्लाजामा बसेको बैठकको अध्यक्षता गरेका मेयर बालेन्द्र शाह (बालेन)ले बैठक सुरु हुनासाथ आगामी कार्यपालिका र नगरसभाको मिति तोक्ने प्रस्ताव पेस गरेका थिए। उनले आगामी आइतबार बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव राखेपछि सदस्यहरूले त्यसलाई स्वीकार गरेका थिए।

मेयर शाहले बैठकमा २४ वटा एजेन्डा भए पनि आज एउटा मात्रैमा छलफल हुने जानकारी दिएका थिए। “एजेन्डामा २४ वटा गएको भए पनि आज एउटा मात्रै राख्ने कुरा भएको छ,” मेयर शाहले बैठकमा भने, “प्रस्ताव नम्बर एकमा रहेको काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा अधिवेशन मिति तोक्ने सन्दर्भमा आइतबार दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बस्ने प्रस्ताव पेस गर्न चाहन्छु।”

यो प्रस्ताव पारित भएसँगै मेयर शाहले अन्य विषय नभएको भन्दै बैठक सकिएको घोषणा गरे। करिब ६ महिनापछि बसेको बैठक यसरी हतारमा सकिनुले महानगरको कार्यपालिकामा मेयर र अन्य सदस्यहरूबीच मतभेद कायमै रहेको संकेत गर्दछ।

आइतबार २५ अर्बको बजेट आउँदै

यसैबीच, काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको छ। महानगरको राजस्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा तय गरेको हो।
आइतबार बस्ने नगरसभामा सोही बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ। अब सबैको ध्यान आइतबार बस्ने नगरसभामा केन्द्रित भएको छ, जहाँ आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?