जीतपुरसिमराबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ, डेढ लाख बढी नगद बरामद

पढ्नै पर्ने

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। उपमहानगरको वडा नं. २ स्थित जानकी टोलबाट शनिबार दिउँसो उनीहरूलाई नगद र ताससहित पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद १ लाख ५४ हजार ६ सय ८० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुसन खाती सुनार लगायत ९ जना रहेका छन्। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?