काठमाडौं- प्रधानमन्त्री बालेन शाहले १,००० दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने घोषणा गरेका छन्। सरकारले यसलाई आफ्नो प्रमुख कार्यसम्पादन लक्ष्य (KPI) का रूपमा अघि बढाएको जनाएको छ।
सरकारका अनुसार हालसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण भइसकेको छ भने १३ लाख ११ हजार १९७ निवेदन प्रणालीमा दर्ता भएका छन्।
प्रधानमन्त्री शाहले राजनीतिक भागबन्डाभन्दा विषयविज्ञता र स्थानीय तहसँगको समन्वयमार्फत भूमि समस्या समाधान गरिने बताए। जोखिमयुक्त तथा सार्वजनिक क्षेत्रमा बसोबास गर्ने भूमिहीनलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।
सरकारले कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै क्रमशः ‘सुकुम्बासी समस्यामुक्त जिल्ला’ घोषणा गर्ने लक्ष्य राखेको छ।





