मङ्सिर १२, २०८१, बुधबार
काठमाण्डौ ।
लगातार घटेको सुनको भाउ आज भने बढेर कारोबार भएको छ । आज तोलामा ९ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ९ सय रुपैया बढेसंगै सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो । त्यस्तै चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेर १८३० रुपैयाँ पुगेको छ । उच्च मुल्यमा बढिरहेको सुन ह्वात्तै घट्दा यति बेला सुन पसलमा गहना किन्नेहरुको भिड लाग्न थालेको छ।