मङ्सिर १३, २०८१, बिहिवार
काठमाण्डौ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु सहभागी भएका छन् । काठमाडौंको न्युरोडस्थित भूगोल पार्क पुगेर महाधिवेशनको उद्घाटन गरिएको छ । नेकपा (बहुमत) र नेकपा (मसाल) का सन्तबहादुर नेपालीसँग एकता भएपछि हुन लागेको पहिलो महाधिवेशन भएकाले यसलाई पार्टीले एकता महाधिवेशन भनेको छ । महाधिवेशन मंसिरसम्म २३ गतेसम्म चल्ने बताइएको छ ।



तस्बिरहरु : बिनोद पौडेल