मङ्सिर १६, २०८१, आइतबार
काठमाण्डौ ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । भोलि सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री के पी शर्मा ओलीले भ्रमण जानु अगाडि मन्त्रिपरिषद् बैठक राखेका हुन् । आजको यस बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा झन्डै १०० जनाको टोलि सहित जाँदैछन्।