आफ्नै दाईको हत्या गरेर फरार भएका भाई २० वर्षपछि पक्राउ

पढ्नै पर्ने

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरीको महादेवा गाउँपालिका-२ घर भएका उमेश रजकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै ४० वर्षीय दाई गणेश रजकलाई २०६१ माघ १ गते बिहान कुटपिट गरी हत्या गरेको घटनामा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?