अनुदान आधा घटाएपछि उखु किसान सडकमा, पुरानै दरमा भुक्तानी गर्न माग

पढ्नै पर्ने

सरकारले उखुमा दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झारेपछि तराई–मधेशका सयौं किसानहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। उखु उत्पादक महासंघको नेतृत्वमा आन्दोलित किसानहरूले पुरानै दरमा अनुदान तत्काल भुक्तानी गर्न माग गरेका छन्।

आइतबार गौशालाबाट सुरु भएको किसानहरूको नारा–जुलुस माइतीघर मण्डला हुँदै बानेश्वर चोकमा पुगेको थियो। प्रदर्शनमा सिराहा, सर्लाही, नवलपरासी लगायतका जिल्लाबाट आएका किसानहरूको सहभागिता रहेको छ।

यस वर्ष किसानहरूले बिक्री गरेको २ करोड १५ लाख क्विन्टल उखुको अनुदानबापत सरकारले करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। कृषि मन्त्रालयले पुरानै दरमा अनुदान दिन प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले बजेट अभाव देखाउँदै अनुदान कटौती गर्ने निर्णय गरेको थियो, जसलाई किसानहरूले अस्वीकार गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?