प्रधानमन्त्री सुशीला कार्कीद्वारा विपद् प्रभावितप्रति समवेदना

पढ्नै पर्ने

प्रधानमन्त्री सुशीला कार्कीले इलामसहितका विभिन्न स्थानमा अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले एक विज्ञप्ति जारी गर्दै विपद्को यस कठिन घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।

उनले उद्धार तथा राहत कार्यमा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासीप्रति आभार प्रकट गर्दै नेपाली जनताले विपत्तिको सामना गर्ने क्रममा देखाएको धैर्य र सहयोग सराहनीय रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले प्रभावित क्षेत्रमा राहत वितरण कार्य जारी रहेको समेत जानकारी दिएकी छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?