काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गर्दैछन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा निवासमा भएको घटनामा उनीमाथि कुटपिट भएको थियो, जसका कारण टाउकोमा १२ टाँका लागेको थियो। देउवाले यसअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्।





