निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक अभियानमा सहयोग गर्न राजनीतिक दल लगाएत सरोकारवालालाई अनुरोध

पढ्नै पर्ने

२०८२ कार्तिक २१ गते शुक्रबार, काठमाण्डौ।

निर्वाचन आयोगले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीस्वरूप देशभर मतदाता नामावलीमा नाम दर्ता तथा विवरण अद्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ।

आयोगका अनुसार हाल प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली दर्ता र अद्यावधिक कार्य तीव्र गतिमा भइरहेका छन्। यस क्रममा नागरिकको सहभागिता पनि उल्लेख्य रूपमा बढेको आयोगले जनाएको छ।

हालसम्म नाम दर्ता गर्न छुटेका नागरिकलाई आवश्यक कागजातसहित नजिकको जिल्ला निर्वाचन कार्यालयमा पुगेर वा आयोगको वेबसाइट मार्फत नाम दर्ता तथा विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

आयोगले सबै मतदाता, राजनीतिक दल, सञ्चार माध्यम र सरोकारवाला निकायहरूलाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?