काठमाडौं — नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया जारी छ।





