मन्त्रिपरिषद्को बैठक आज (मङ्गलबार) अपरान्ह बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३:०० बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, विभिन्न मन्त्रालयहरूबाट आएका प्रस्तावहरू तथा समसामयिक राजनीतिक एवं नीतिगत विषयहरूमा छलफल हुने बुझिएको छ।





