नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ गर्ने, उत्कृष्टलाई १ लाख पुरस्कार

पढ्नै पर्ने

नेपालको मौलिक चाडपर्व र संस्कृतिलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को डिजिटल प्रवर्द्धन योजनाअनुसार बोर्डले यो प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा उत्कृष्ट ठहरिने रिल निर्मातालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारको सांस्कृतिक महत्त्व तथा मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध झल्किने मौलिक रिल तयार गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरिएकाले भिडियोमा अङ्ग्रेजी सबटाइटल वा अङ्ग्रेजी भ्वाइसओभर अनिवार्य गरिएको छ।

सहभागीले आफ्नो इन्स्टाग्राम वा फेसबुकमा भिडियो पोस्ट गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गरी पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ। साथै, भिडियोको गुगल ड्राइभ लिङ्क photonepal@ntb.org.np मा इमेलमार्फत पठाउनुपर्ने बोर्डले जनाएको छ।

भिडियो पठाउने अन्तिम म्याद सन् २०२६ नोभेम्बर २१ सम्म तोकिएको छ। यस प्रतियोगिताले नेपाली समाजमा जीवजन्तुप्रतिको प्रेम र सम्मानको सन्देश विश्वसामु पुर्‍याउँदै सांस्कृतिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?