मन्त्रिपरिषद्का मुख्य निर्णय: एडीबी सहायता स्वीकारदेखि दुई अध्यादेश सिफारिससम्म

पढ्नै पर्ने

मन्त्रिपरिषद्को आज बसेको बैठकले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने कुल ३०५ मिलियन अमेरिकी डलर (२८५ मिलियन सहुलियतपूर्ण ऋण र २० मिलियन अनुदान) सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद शेयर लगानी गर्न स्वीकृति दिनुका साथै प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी ऐन संशोधन गर्न बनेका दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, बैठकले आगामी कात्तिक २३ देखि टर्किएमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ। साथै, ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गर्दै नानो तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गरिएको छ भने मोही लागेको जग्गा बाँडफाँटको निवेदन दिने र टुङ्ग्याउने म्याद क्रमशः २०८५ कात्तिक र २०८६ असार मसान्तसम्म लम्ब्याउने निर्णय गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?