अर्थमन्त्री र मन्त्री चौधरीबीच जलवायु वित्त तथा कोप–३१ को तयारीबारे छलफल

पढ्नै पर्ने

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ। भेटमा जलवायु वित्त परिचालन तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

छलफलका क्रममा हरित जलवायु कोष, अनुकूलन कोष र कार्बन वित्तमा नेपालको पहुँच विस्तार गर्ने विषयमा कुराकानी भएको थियो। साथै, जलवायु अनुकूलन तथा ‘हानि र नोक्सानी’ सम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालका प्राथमिकताहरू सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्री सहमत भएका छन्।

भेटमा जलवायु वित्तको उचित परिचालनका लागि सम्बन्धित मन्त्रालयहरूबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत विशेष जोड दिइएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?