अपाङ्गता समावेशी विकास र शासन व्यवस्थामा सरकार प्रतिबद्ध: प्रधानमन्त्री

पढ्नै पर्ने

प्रधानमन्त्री सुशीला कार्कीले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना दिँदै अपाङ्गता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।


‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने नारासहित मनाइएको यस दिवसमा सन्देश जारी गर्दै प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य र सञ्चारका अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो ।


उहाँले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच पुर्‍याउन तथा उनीहरूको स्वावलम्बी जीवनका लागि तीनै तहका सरकारको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?