काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछन् । विभिन्न कम्युनिस्ट घटकका प्रवासी संगठनहरूद्वारा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।
उनको सचिवालयका अनुसार, भोलि (सोमबार) दिउँसो १ बजे नयाँ दिल्लीको लाजपत नगरमा हुने उक्त कार्यक्रममा प्रचण्डले नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र एकताको महत्वबारे धारणा राख्नेछन् ।
भ्रमण विशुद्ध सांगठनिक भएको र यस क्रममा अन्य कुनै राजनीतिक भेटघाटको तालिका नरहेको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रचण्ड आज दिल्ली जाँदै
काठमाडौँ - 🕗२०८२ पुस २० गते आईतबार, काठमाडौं।





