मनोनयन दर्ताका दिन अदालत धाउनुपरेपछि रास्वपा सभापति रवि लामिछानेले आफूमाथि राज्यले अत्याचार गरेको बताएका छन् । पर्सा, काठमाडौं र रूपन्देहीका अदालतमा एकैसाथ मुद्दा चलाएर आफूलाई रोक्न खोजिएको उनको आरोप छ ।
सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सहकारीको बाटै नहिँडेको मान्छेलाई मुद्दै मुद्दा लगाइयो, म अभिमन्यु होइन ।” उनले चितवन–२ मा सम्भव भए आफैं, नभए वारेसमार्फत मनोनयन दर्ता गर्ने र फागुन २१ को चुनावमा जनताले यसको जवाफ दिने उल्लेख गरेका छन् ।
‘म अभिमन्यु होइन, अत्याचारको हिसाब जनताले फागुन २१ मा गर्नेछन्’ : रवि लामिछाने
काठमाडौँ - 🕗२०८२ माघ ०६ गते मंगलबार, काठमाडौं।





