काठमाडौँ: नेपाली कांग्रेसको नेतृत्व विवादमा सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकता विरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको थियो। मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक प्रश्नहरूको अन्तिम सुनुवाइमै निरूपण हुने भन्दै तत्काल आदेश दिन नपर्ने ठहर गरेको हो।
देउवा पक्षले विशेष महाधिवेशन खारेजी र मंगलबार भइरहेको निर्वाचन मनोनयन प्रक्रिया रोक्न माग गरे पनि अदालतले रोक नलगाएपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई नै उम्मेदवार चयन र निर्वाचन प्रक्रियामा अघि बढ्न कानुनी राहत मिलेको छ।
कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ - 🕗२०८२ माघ ०६ गते मंगलबार, काठमाडौं।





