काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीको निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी तयारी पूरा गरेको छ ।
पार्टीले एकल उम्मेदवारी परे सर्वसम्मत र एकभन्दा बढी उम्मेदवारी परेमा मतदानको विधि अपनाएर प्रतिपक्षी दलको नेताको टुंगो लगाउने जनाएको छ । निर्वाचनका लागि आवश्यक तयारीका कामहरू समितिले अघि बढाइसकेको छ ।
वैशाख ४ मा कांग्रेसले चयन गर्दै संसदीय दलको नेता
काठमाडौँ - 🕗२०८२ चैत्र २९ गते आइतबार, काठमाडौं।





