बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १९ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-१ भटेरा बस्ने महेन्द्र जैशी रहेका छन्।
महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ परेका जैशीमाथि थप अनुसन्धानका लागि प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण र घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक युवक पक्राउ
काठमाडौँ - 🕗२०८३ जेठ ०५ गते मंगलबार काठमाडौं।





