नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको ‘विशेष र बहुआयामिक’ सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।
भेटका क्रममा सभापति लामिछानेले दुई देशबीचको समृद्ध भविष्यका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको थियो, जसलाई प्रधानमन्त्री मोदीले पूर्ण समर्थन र स्वागत गर्नुभएको छ। “नेपाल हाम्रो ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिको एक प्राथमिकतामा रहेको साझेदार हो,” मोदीले भन्नुभएको छ।
प्रधानमन्त्री मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूहरू प्रतिक्षारत रहेको उल्लेख गर्नुभएको छ। लामिछानेसँगको भेटघाट फलदायी रहेको संकेत गर्दै मोदीले साझा समृद्धिका लागि सहकार्य अनिवार्य रहेको बताउनुभएको छ।
नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन भारत उत्सुक: प्रधानमन्त्री मोदी
काठमाडौँ - 🕗२०८३ जेठ २० गते बुधबार काठमाडौं।





