अब राहदानी र लाइसेन्स हुलाकमार्फत घरमै, सात सरकारी निकायसँग भयो समझदारी

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।
अब राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण सरकारी कागजात लिन कार्यालय धाउनु नपर्ने भएको छ । हुलाक सेवा विभागले यी सेवाहरू नागरिकको घरदैलोमै पुर्‍याउन सातवटा सरकारी निकायसँग समझदारी गरी ‘सरकारी कुरियर सेवा’ सुरु गरेको हो ।
हुलाक सेवाको आधुनिकीकरणका विषयमा आयोजित संवाद कार्यक्रममा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाकलाई भरपर्दो र नागरिकमैत्री बनाउँदै सरकारी सेवा प्रवाहलाई झन्झटमुक्त बनाइएको बताउनुभयो । उहाँका अनुसार, सरकारको १०० दिने शासकीय सुधारको कार्यसूचीअन्तर्गत यो सेवालाई प्राथमिकतामा राखिएको छ ।
के के सुविधा पाइन्छ घरमै ?
राहदानी (Passport)
सवारी चालक अनुमतिपत्र (Driving License)
शैक्षिक प्रमाणपत्रहरू
स्वास्थ्य परीक्षण प्रतिवेदन
अन्य सरकारी कागजात तथा सामग्रीहरू
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार, ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानअन्तर्गत हाल भइरहेको सेवाको प्रगति उत्साहजनक छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने योजना समेत अघि बढाएको छ । यसबाट नागरिकले न्यून लागतमा सुरक्षित रूपमा सरकारी सेवा घरमै प्राप्त गर्न सक्नेछन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?