संविधान संशोधन बहसपत्र तयार पार्ने प्रक्रियाबाट नेकपा, जसपा र लोसपा बाहिरिएका छन्। कार्यदलमा ८३ दिनसम्म बसेर सुझाव दिएका दलहरूले प्रतिवेदन तयार हुने अन्तिम समयमा आएर सामूहिक रूपमा कार्यदल छाडेका हुन्।
कार्यदलका सदस्य–सचिव लीलाधर सुवेदीका अनुसार, यस्तो संवेदनशील प्रक्रियाबाट बाहिरिँदा जनतामा नकारात्मक सन्देश जाने र राजनीतिक वितृष्णा बढ्न सक्छ। कार्यदलले अनलाइनमार्फत ४४ हजार ७ सय नागरिकको सुझाव संकलन गर्नुका साथै विभिन्न विज्ञहरूसँग छलफल गरिसकेको छ। संयोजक असिम शाहले विपक्षीको बहिर्गमनलाई ‘अन्तिम समयको रणनीति’ भन्दै यसले बहसपत्र तयार गर्ने कार्य नरोकिने प्रष्ट पार्नुभयो। कार्यदलले संविधानका आधारभूत मूल्यमान्यतालाई नचलाईकन तयार पारेको प्रतिवेदन छिट्टै सरकारलाई बुझाउने तयारी गरेको छ।
विपक्षी दलद्वारा संविधान संशोधन कार्यदल त्याग, संयोजक शाह भन्छन्– ‘सरकारको लोकप्रियता देखेर डराए’
काठमाडौँ - 🕗२०८३ असार २३ गते मंगलबार, काठमाडौं।





