कालिकोट: कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् ।
आज बिहान घट्टमा अन्न पिस्न गएका बेला माथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोलीले पहिरोमा पुरिएका उनीहरूको शव निकालेको थियो । पहिरोले घट्टको आधा भागमा समेत क्षति पुर्याएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कालिकोटमा पहिरोले घट्ट पुरिँदा दुई जनाको मृत्यु
काठमाडौँ - 🕗२०८३ असार २९ गते सोमबार, काठमाडौं।





