काठमाडौँ, १३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको पछिल्लो सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर कडा निर्देशन दिनुभएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूबाट वस्तुस्थितिको विस्तृत ब्रिफिङ लिनुभएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले कुनै पनि बहानामा सामाजिक सद्भाव बिग्रन नदिन र नागरिकको जिउधनको सुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा प्रमुखहरूलाई सचेत गराउनुभयो। उहाँले स्थिति तत्काल नियन्त्रणमा लिन र हिंसा भड्काउन खोज्ने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्रीले सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गरी शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालयलाई समेत आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ।
सुनसरी घटनाप्रति प्रधानमन्त्री गम्भीर: ‘सामाजिक सद्भाव बिगार्नेमाथि कडा निगरानी राख्न’ सुरक्षा प्रमुखलाई निर्देशन
काठमाडौँ - 🕗२०८३ साउन १३ गते बुधबार, काठमाडौं।





