काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजेसम्म १ हजार ३ सय ७४ जनाको शव फेला परेको छ।
जसमध्ये सबैभन्दा बढी चितवनमा ३६४, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ।
फेला परेका शवहरूमध्ये डिएएनए नमुना सङ्कलन र आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित) गरिएको छ। शव पहिचानका लागि मृतक र आफन्तका गरी कुल २ हजार ९ सय २५ वटा डिएएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान नभएका १ हजार २ सय ९२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका लागि ७ हजार ९ सय ७५ जना प्रहरी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ८९ जनाको खोजी जारी छ भने २ हजार ९ सय ८९ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ।





