छठ पर्वको सार्वजनिक कार्यक्रमहरूमा गगन थापा अनुपस्थित हुने

पढ्नै पर्ने

नेपाली कांग्रेसका युवा नेता गगन थापाले यस वर्षको छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै काठमाडौं र मधेशका विभिन्न ठाउँका छठ कार्यक्रमहरूमा सहभागिताको निम्तो दिएकोका लागि सबै आयोजकहरूलाई आभार प्रकट गरेका छन्। तर यो वर्षका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने बताएका छन्।

उनले अर्को वर्ष सँगै छठ पर्व मनाउने अभिलाषा व्यक्त गर्दै “छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्” भन्ने शुभकामना दिएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?