लेखक तथा निर्देशक यम थापाको नयाँ चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रको सार्वजनिक पोस्टरले दर्शकमाझ कौतुहलता र उत्सुकता जगाएको छ।
पोस्टरमा एक गर्भवती महिलाको भूमिकामा स्वस्तिमा खड्कालाई पुरानो घरको ढोकामा उभिएको देख्न सकिन्छ। गम्भीर र रहस्यमयी भावमा देखिएकी ती पात्रको पहिरन र श्रृंगारले चलचित्रको कथावस्तु कुनै सामाजिक परिवेश वा चरित्रमा आधारित हुनसक्ने अनुमान लगाउन सकिन्छ। ढोकामा बनाइएका स्वस्तिक र ॐ जस्ता धार्मिक चिह्नहरूले कथाको सांस्कृतिक गहिराइलाई समेत संकेत गर्छन्।
लेखक तथा निर्देशक यम थापाले चलचित्रको लेखन र निर्देशन दुवैको जिम्मेवारी सम्हालेका छन्। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रको कथावस्तु र कलाकारबारे चर्चा सुरु भएको छ।