बैबाहिक बर्ष गाँठो नमनाउदै, गायिका एलिना चौहानको बिछोड

पढ्नै पर्ने

बिनोद पौडेल 

अंग्रेजी फेरवरी महिना प्रेममा रहेका प्रेमील जोडिहरुका निमित्त बिषेस महिनाका रुपमा लिने गरेका छन्।

जस अन्तर्गत फेरवरी १४ भ्यालेन्टाइन डे को दिनलाई प्रेमीहरुले मुख्य दिनका रुपमा मनाउने गर्दछन।

भ्यालेन्टाइन डे आउन २ बाँकी रहदै गर्दा गायिका एलिना चौहानलाई भने बज्रपात नै लागेको छ।

यस्तै प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा गासिएका थिए गायिका एलिना चौहान र बिष्णु सापकोटा।

बैबाहिक सम्बन्धको प्रेम राम्रोसंग झाङ्गिन नपाउदै उनीहरुको सम्बन्धमा तुसारापात लाग्यो।

बिडम्बना उनको बैबाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन। बैबाहिक बर्ष गाँठो मनाउन नपाउदै आजदेखि उनिहरु स्वतन्त्र भएका छन् ।

एलिनाले आज सामाजिक संजाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै श्रीमान् बिष्णु सापकोटासंग कानुनि रुपमा अलग्गिएको जानकारी दिएकि हुन्।
उनले पति बिष्णुलाई सम्बोधन गर्दै लेख्छिन ;
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर लगाएको फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ भन्दै भाबुक स्ट्याटस लेखिकी छिन।

उनि थप्छिन हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन।
जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।

अन्त्यमा उनि लेख्छिन, तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु भन्दै पुर्वपतिलाई सम्मानजनक शब्द प्रयोग गरेकि छिन।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?