पर्सामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

पढ्नै पर्ने

पर्सामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेको छ। जगरनाथपुर गाउँपालिका–४ बस्ने २३ वर्षीय सफिराजा मियाँलाई आफ्नी २१ वर्षीया श्रीमती लालबीबी खातुनको हत्या आरोपमा शनिबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, लालबीबी शनिबार आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो।


अनुसन्धानका क्रममा हत्यामा श्रीमान् मियाँकै संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मियाँविरुद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?