काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत भदौमा भएको जेनजी प्रदर्शनमा घाइते भएका १६९ जनाको वर्गीकरण सम्पन्न गरेको छ। प्रशासनका अनुसार घाइतेमध्ये १५ जना अतिगम्भीर, ५१ जना गम्भीर, ३६ जना मध्यम र ६७ जना सामान्य अवस्थाका छन्। यो वर्गीकरणका आधारमा स्वास्थ्य मन्त्रालयले घाइतेहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउनेछ।
काठमाडौँ प्रशासनद्वारा जेनजी प्रदर्शनका घाइतेको वर्गीकरण
काठमाडौँ - 🕗२०८२ मङ्सिर १४ गते आइतबार, काठमाडौं।





