सञ्चारमन्त्रीद्वारा सुन्धारास्थित एनटिसी कार्यालय निरीक्षण, ‘वान स्टप सर्भिस’ बारे लिए जानकारी

पढ्नै पर्ने

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुन्धारास्थित नेपाल टेलिकमको कार्यालय पुगेर त्यहाँको सेवा प्रवाहको स्थलगत निरीक्षण गर्नुभएको छ । टेलिकमको बिलिङ प्रणाली र ग्राहक व्यवस्थापनलाई थप पारदर्शी र डिजिटल बनाउन उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
निरीक्षणपछि मन्त्री तिमिल्सिनाले सेवाग्राहीसँग कुराकानी गर्दै सिम कार्ड लिने, बिल भुक्तानी र इन्टरनेट सेवामा भोग्नुपरेका समस्याबारे सोधपुछ गर्नुभएको थियो । सेवाग्राहीले सुन्धारा कार्यालयमा सेवा लिने प्रक्रिया विगतको तुलनामा छिटो भएको बताएका थिए ।
कार्यालय प्रमुख निर्मलराज चटौतका अनुसार अहिले टेलिकमले सिमका लागि अनलाइन आवेदन र ई-सिमका लागि घरबाटै सेवा लिन सकिने व्यवस्था मिलाएको छ । मन्त्री तिमिल्सिनाले प्रविधिको अधिकतम प्रयोग गरी ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्न र डाटाबेसमा रहेका विवरणको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?