दैनिक ५ घण्टा बत्ति जाने हेर्नुस कुन कुन स्थानमा

पढ्नै पर्ने

नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा ८ स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे आज एक सूचना जारी गरेको छ ।

प्राधिकरणको आयोजना ब्यबस्थापन निर्देशनालय खरिपटि भक्तपुरले सूचना सार्वजनिक गर्दै कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि माघ २१ गतेदेखि २९ गते ८ दिनसम्म विभिन्न फिडर अन्तर्गतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

सूचना अनुसार आज माघ २१ गते भत्केकोपुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र (जोरपाटी), २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्रकाशित सूचनामा जनाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?