भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १ दर्जन भन्दा बढिको ज्यान गएको छ।
गएराति भएको भागदौडमा सयौको संख्यामा घाईते भएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन्।
महाकुम्भ मेलामा हालसम्म १५ करोड भक्तजनहरुले गंगामा स्नान गरिसकेकोअनुमान गरिएको छ ।
आज बुधबार माघ कृष्ण औंसीका दिन बिशेष दिन रहेकाले यस दिन करिब १० करोडको हाराहारीमा श्रद्धालु भक्तजनहरुले गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।