पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

पढ्नै पर्ने

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। बुधबार ढाकास्थित अदालतले उहाँलाई दोषी ठहर गरेको हो।

सन् २०२४ को अगष्टमा विद्यार्थी विद्रोह उत्कर्षमा पुगेपछि ७७ वर्षीया हसिना भारत पलायन गर्नुभएको थियो। अदालतले फर्कन आदेश दिएको भए पनि उहाँले अवज्ञा गर्नुभएको थियो।

अभियोजन पक्षले अदालतमा हसिनाको अभिव्यक्तिले साक्षीहरूलाई धम्की दिएको र डरको वातावरण सिर्जना गरेको दाबी गरेको छ। सोही मुद्दामा अवामी लिगका अर्का नेता शकिल अकाण्डा बुलबुललाई दुई महिनाको जेल सजाय दिइएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको प्रदर्शनका क्रममा हसिनाको सरकारको निर्देशनमा १,४०० जनाको ज्यान गएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?