काठमाडौँ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार आसन्न निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
बैठकमा निर्वाचनलाई बिथोल्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न भरपर्दो सुरक्षा रणनीति अपनाउने विषयमा छलफल भयो। सबै सरोकारवाला पक्षहरूसँग समन्वय गरी सुरक्षा व्यवस्था मजवुत बनाउने सहमति समेत भएको छ।
छलफलमा गृहमन्त्री ओम प्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।
निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल: भयरहित वातावरण बनाउने निर्णय
काठमाडौँ - 🕗२०८२ माघ ०७ गते बुधबार, काठमाडौं।





