काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार प्रवेश अनुमति नपाएपछि ‘जेनजी’ समूहले सोमबार मूल गेटमै मागपत्र टाँसेको छ ।
संविधान खारेजी र नेताहरूको सम्पत्ति छानबिनको माग राख्दै गएका मिराज ढुंगानासहितको टोलीले प्रधानमन्त्रीसँग सम्पर्क हुन नसकेपछि गेटमै पत्र टाँसेर फर्किएको हो । सरकारले युवाहरूको आवाज नसुनेको भन्दै उनीहरूले विरोध समेत जनाएका छन् ।
सिंहदरबार पस्न नपाएपछि गेटमै टाँसियो मागपत्र
काठमाडौँ - 🕗२०८२ मङ्सिर ८ गते सोमबार, काठमाडौं।





