नुवाकोटमा लागूऔषधसहित तीन युवक पक्राउ, स्कुटर र पैदलयात्री दुवै नियन्त्रणमा

पढ्नै पर्ने

नुवाकोटको विदुर नगरपालिकाबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विदुर नगरपालिका-१०, सिमुटारमा शुक्रबार दिउँसो गरिएको सुरक्षा जाँचका क्रममा स्कुटरमा सवार दुई जना र एक पैदलयात्री पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा विदुर नगरपालिका-९ कोलनीका २६ वर्षीय प्रोमेश श्रेष्ठ र २७ वर्षीय प्रदिप बिसुङ्खे तथा सोही नगरपालिका-१० गेर्खुटारका २४ वर्षीय विशाल मग्राती रहेका छन्।

अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको टोलीले कोलनीबाट बेत्रावतीतर्फ जाँदै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा सवार प्रोमेश र प्रदिपको साथबाट डाईजेपाम, नुर्फिन र प्रोमेथाजाइन ६/६ एम्पुल बरामद गरेको हो।

त्यस्तै, सोही स्थानमा शंकास्पद अवस्थामा हिँडिरहेका पैदलयात्री विशाल मग्रातीलाई जाँच गर्दा उनको साथबाट ६०० ट्याब्लेट ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?