रबि लामिछानेलाई पर्सा लगियो

पढ्नै पर्ने

मङ्सिर २४, २०८१, सोमबार  
काठमाण्डौ ।

सानोपाइला सहकारीको संस्थाको रकम हिनामिना गरेको आरोपमा रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय पर्सा लगिएको छ । पोखराबाट हवाई मार्ग हुदै पोखरा – काठमाण्डौ – सिमरा बिमानस्थल पुर्याईएको थियो। सिमरा बिमानस्थलबाट सडक मार्ग हुदै पर्सा लगिएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो । लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही, काठमाडौं, चितवन हुदै आज पर्सा लगिएको छ । पर्सामा अनुसन्धान सकेपछि सम्भवत पुन: उनलाई पोखरा नै पुर्याईनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?