रवि लामिछानेलाई पुन: पोखरा लगियो

पढ्नै पर्ने

मंसिर २६, २०८१ बुधबार 
काठमाडौ ।

वीरगञ्जस्थित सानोपाइला सहकारीको संस्थाको रकम हिनामिना गरेको आरोपमा रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेको पर्सामा अनुसन्धान सकिएपछि पोखरा पुर्‍याइएको छ। उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो । लामिछानेलाई अनुसन्धानका लागि पोखरा, रुपन्देही, काठमाडौं, चितवन र अन्तिममा पर्सा लगिएको थियो । पर्सामा अनुसन्धान सकेपछि आज पुन: उनलाई पोखरा नै पुर्‍याइएको हो । गोर्खा मिडियासंगै लामिछाने जोडिएका सहकारीहरु सबैमा अनुसन्धान सकिएको छ। पछिल्ला पटक थपिएको म्याद भोलि सकिदै छ, म्याद थपका लागि भोलि अदालत उपस्थित गरिदै छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?