गायिका रचना रिमालले अर्घाखाँचीमहोत्सवको अवसरमा आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छिन्।
हिजो (बुधबार) भएको छैठौ अर्घाखाँची महोत्सवको मन्चबाट लोगो सार्वजनिक गरेको जानकारी दीइन।
उनको आकर्षक लोगो तयार पार्न सहयोग गर्ने टिमलाई धन्यबाद दिदै उनि, सामाजिक संजालमा लेख्छिन “सबैमा नमस्कार, हजुरहरुको माया र आशिर्वादले निरन्तर सांगितिक कर्ममा लागिरहेकी छु। आफ्ना कर्महरु अगाडि बढाउँदै गर्दा हामिले छैठौं अर्घाखाँची महोत्सवको मंचबाट मेरो अफिसियल लोगो सार्वजनिक गरेका छौँ ।”
उनको सार्वजनिक लोगोमा उनको नाम, संगित र सर्वोच्च शिखर सगरमाथा झल्किने गरि कालो ब्याकग्राउण्डमा सेतो अक्षर अङ्कित रहेको छ
यस्तो ब्यतिगत लोगो बनाउने अन्तरास्ट्रिय अभ्यास समेत भएको मानिन्छ।