उपत्यका चिसो बढ्दै

पढ्नै पर्ने

मंसिर २६, २०८१ बुधबार 
काठमाडौ ।

काठमाडौ उपत्यकाको आज बिहानको तापक्रम (७:०० बजे) ६ डिग्री सेल्सियस रहेको छ । यसर्थ पनि उपत्यकामा चिसो बढेको अनुमान गर्न गाह्रो पर्दैन । उपत्यका लगायत मुलुकभर चिसो बढेको छ । हिमाली भेगमा हिमपात सुरु भएको छ । हिमपात भएसङै जनजीवन प्रभावित भएको छ भने खेतीपातीमा खुसियाली छाएको छ।

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज मंसिर २६ गते बुधबार बिहान ०६:०० बजे देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । आजको मौसम कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको जानकारी दिएको छ  । चिसोबाट वच्न न्यानो कपडा र तातो तातो खानेकुरा खानु पर्दछ । बालबच्चा, बृद्ध बृद्धा, बिरामीलाई चिसोबाट जोगाउनु पर्दछ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?