राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने आज हवाई मार्गबाट भैरहवा पुगेका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् ।
आजै भैरहवा पुगेका भएपनि उनि भोलि मात्र अदालत हाजिर हुनेछन् ।
यस अघि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा परेको मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ, त्यस्तै काठमाण्डौको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो ।